देश चिनाउने दौड

तस्बिरः नयाँ पत्रिका

सप्तरी राजविराजका अजित यादव एथलेटिक्सका प्रतिभावान् खेलाडी हुन् । तर, १७ वर्षकै उमेरमा उनले फुटबलमा समेत नाम कमाइसकेका थिए । देशभित्रका प्रायः सबै प्रतियोगितामा रेकर्ड ब्रेक गर्ने यी धावकले ३ चैतमा हङकङमा भएको युथ एसियन एथलेटिक्स प्रतियोगितमा देशका लागि स्वर्ण पदक जितेका छन् । नयाँ पत्रिकाका टेकराज थामीसँग यादवले व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा 

एथलेटिक्समा लाग्नुभन्दा पहिले फुटबलमा थिएँ । सानैदेखि फुटबलतिर आकर्षित थिएँ । बुबा पवनकुमार यादव सशस्त्र प्रहरीमै कार्यरत भएकाले एपिएफ स्कुलसँग जोडिएको थिएँ । र, कक्षा २ मा एपिएफ स्कुलमा भर्ना भएँ । मेरो सानैदेखिको रुचि भएकाले पनि होला, स्कुलमा पनि खुब फुटबल खेल्थेँ । कक्षा सातसम्म राम्रै फुटबल खेलाडी थिएँ । जब कक्षा आठमा पुगेँ, त्यसपछि एकाएक फुटबलबाट एथलेटिक्सतिर मोडिएँ । त्यसको उत्प्रेरक थियो, पुरस्कार । शिक्षा दिवसका दिन विद्यालयबीच काठमाडौं उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भयो । म एपिएफ स्कुलको तर्फबाट सहभागी भएँ । पाँच किलोमिटरको दौडमा तेस्रो भएँ । पाँच हजार रुपैयाँ नगद पुरस्कार पनि पाएँ । त्यही तेस्रो स्थानको पुरस्कारले फुटबलबाट दौडतिर तान्यो जुन, ‘युथ एसियन एथलेटिक्स च्याम्पियन’ बन्ने यात्राको पहिलो पाइला थियो ।

प्रकाशित मिति: : 2019-05-02 00:01:49

प्रतिकृया दिनुहोस्