भाइरल भिडियो 'भ्रमात्मक'

तस्बिरः कान्तिपुर

वीरगन्ज — जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् ।

नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् । यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ । 'के आधारमा तपाईंले सबैलाई भारतीय नागरिक भन्नुभएको हो,' वाग्लेको पोस्टमा वीरगन्जका सामाजिक अभियन्ता आशु सर्राफले लेखेका छन्, 'गोरो छाला नभएका हरेक व्यक्तिलाई गैरनेपाली देख्ने तपाइर्ंको मानसिकतालाई उपचार आवश्यक छ । बिनाप्रमाण भ्रम फिँजाउन सरल छ तर यथार्थ बताउन गाह्रो हुन्छ । बिन्ती गर्छु मलाई प्रस्ट पारिदिनुस् कुन आधारमा तपाइर्ंले उहाँहरूलाई गैरनेपाली भन्नुभएको हो ?'

प्रकाशित मिति: : 2019-05-01 23:56:17

प्रतिकृया दिनुहोस्