काठमाडौंका प्रत्येक घरमा एसएसपीको नम्बर !

बाह्रखरी

काठमाडौं । राजधानी काठमाडौंलाई अपराधमुक्त बनाउने भन्दै प्रहरीले काठमाडौंका सबै घरधनी र डेरावालाको विवरण संकलन गर्ने अभियान सुरु गरेको छ ।  काठमाडौंमा रहेका सबै वृत्त र प्रभागहरुको नेतृत्वमा काठमाडौं प्रहरीले विवरण संकलन अभियान सुरु गरिएको परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । 

लामाका अनुसार सुमदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म २६ हजार बढी घरधनी र भाडावालको विवरण संकलन गरिएको छ । काठमाडौंमा ५ देखि ६ लाख घरधुरी भएको प्रहरी अनुमान छ । यो अभियान तत्कालीन काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले पनि सुरु गरेका थिए । 

प्रकाशित मिति: : 2019-05-01 14:00:54

प्रतिकृया दिनुहोस्