एनआरएनले पाउने भए डिपेन्डेन्ट भिसा, नचाहिने भयो निरोगिताको प्रमाणपत्र

विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीका लागि नेपाल सरकारले भिसामा दुईवटा सुविधा दिएको छ। 

अब गैरआवासीय नेपाली (एनआरएन) का परिवारले डिपेन्डेन्ट भिसा पाउने भएका छन्। एनआरएनका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका बालबच्चाले डिपेन्डेन्ट भिसामा एक वर्ष नै बस्न पाउँछन् । 

एनआरएन कार्ड लिएका एनआरएनलाई सरकारले भिसा शुल्क लिने गरेको छैन।

यसैगरी अब एनआरएनले भिसाका लागि निरोगिताको प्रमाणपत्र पनि पेस गर्नुपर्ने छैन। 

गृहमन्त्रालयले अध्यागमन कार्यविधि २०६५ को परिच्छेद ४ (३)मा परिवर्तन गरी यी दुई नया सुविधा प्रदान गरेको हो।

एनआरएनले लामो समयदेखि सरकारसँग यी दुई माग राख्दै आएका थिए।

प्रकाशित मिति: : 2019-04-30 21:10:03

प्रतिकृया दिनुहोस्