मकालुमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी

भारतीय सेनाको आरोण टोलीले मकालु बरुण निकुञ्जमा हिमाली मानव यतीको पाइला भेटिएको दाबी गर्दै प्रचार गरिरहे पनि निकुञ्जका अधिकारीहरुले भने सिधै अस्वीकार गरेका छन् । 'भारतीहरुले बढी होहल्ला गर्छन्', राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले कान्तिपुरसित भने, 'यतीको हकमा पनि त्यही हुन सक्छ । उनीहरुले यतिको पाइला भनी प्रचार गरेको तस्बीरलाई हाम्रा विज्ञहरुले भालुको पाइला हुनसक्ने बताएका छन् ।' 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) चन्द्रशेखर चौधरीले पनि भारतीय सेनाको दाबीलाई अस्विकार गरेका छन्। 'उहाँहरुले के आधारमा भन्नुभएको हो मलाई केही थाहा छैन' चौधरीले खड्कासंग भनेका थिए, 'टोली फर्केपछि कुरा गर्नुपर्ला।' टोली मकालु बरुणबाट र्फकने क्रममै छ।

प्रकाशित मिति: : 2019-04-30 18:31:44

प्रतिकृया दिनुहोस्