थप १० वटा म्यानपावर कम्पनी खारेज, ठग्न सक्ने भएकाले सचेत हुन विभागको आग्रह

उज्यालो
काठमाण्डौ – वैदेशिक रोजगार विभागले थप १० वटा म्यानपावर कम्पनीलाई खारेज गरेको छ ।

विभागको सोमबार बसेको बैठकले इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस्, प्रिसाइस इन्टरनेशनल प्रालि खारेज गर्ने निणर्य गरेको हो ।

यस्तै, इनोभेटिभ सर्भिसेज प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रशिद्ध ओभरसिज प्रालि, वल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि पनि खारेज गर्ने निर्णय भएको छ । 

प्रकाशित मिति: : 2019-04-30 17:16:36

प्रतिकृया दिनुहोस्