पुतली बाजे: 'पुतली खोज्दै आएँ, नेपाली नागरिक भएर मर्न मन छ'

ब्रिटिश नागरिक कोलेन स्मिथ जो 'पुतलीबाजे'का नामले चिनिन्छन्।

ब्रिटिश नागरिक कोलेन स्मिथ युनाइटेड मिशनमार्फत् ५२ वर्षअघि शिक्षण गर्न नेपाल आएका थिए।

भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवङ्गत चिकित्सक उपेन्द्र देवकोटाजस्ता व्यक्तिहरूलाई गोरखाको विद्यालयमा विज्ञान र गणित पढाएका उनको पेसा शिक्षक भए पनि रुचि पुतली सङ्कलनमा थियो।

उनका अनुसार उनका मामालाई पनि पुतली मन पर्थ्यो।

मामाको बेलायतस्थित एउटा सानो खेतमा पुतली सङ्कलनले उनलाई सानैदेखि पुतलीप्रति आकर्षण बढ्यो। उनी बेलाबेला पुतली हेर्न त्यहाँ गइरहन्थे।

प्रकाशित मिति: : 2019-04-29 05:07:05

प्रतिकृया दिनुहोस्