सगरमाथाबाट चार शव संकलन

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सरसफाइ अभियानका क्रममा बितेको दुई सातामा चार शव फेला परेका छन्। 

पर्यटन विभागको अगुवाइमा पहिलोपटक सरकारी नेतृत्वमा विभिन्न संघ संस्था सम्मिलित सगरमाथा सरसफाइ अभियानको क्रममा ती शव फेला परेका हुन्।

१२ जना आइसफल डाक्टरको समुहले सगरमाथा आधार शिविरदेखि साउथकोलसम्मको फोहोर संकलन गरिरहेका छन्। 

बैशाख १ देखि जेठ १५ सम्म सञ्चालन गरिने सगरमाथा सरसफाई अभियानमा १० हजार किलो फोहोर संकलन गरिने लक्ष्य राखिएकोमा अहिलेसम्म तीनहजार फोहोर संकलन भैसकेको छ।

 

 

प्रकाशित मिति: : 2019-04-28 23:18:37

प्रतिकृया दिनुहोस्