गर्मीले तराईकाे जनजीवन प्रभावित, कहाँको तापक्रम कति ?

नेपालखबर

काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा दिनहुँ पानी परिरहेको छ।

बेलाबेलामा पानी परेकाले पहाडी क्षेत्रका तापक्रम धेरै बढेको छैन। शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस मापन गरिएको छ।

तर, विगत केही दिनयता तराई क्षेत्रमा भने गर्मी वढ्दा जनजीवन प्रभावित भएको छ। कतिपय ठाउँमा तातो हावासमेत चलेको छ।

शुक्रबार नेपालगञ्ज र धनगढीको तापक्रम यो वर्षकै उच्च ४१ डिग्री सेल्सियस नाघेको छ।

धनगढीमा शुक्रबार ४१ दशमल ५ डिग्री र नेपालगञ्जको ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2019-04-27 10:56:50

प्रतिकृया दिनुहोस्