डरलाग्दाे बन्दै छ धर्म परिवर्तनको परिणाम

पीडित आयुषी चाैधरी। तस्बिर: अभय कुमार राई/देश सञ्चार

मोरङ– संविधानमा धर्म निरपेक्ष मुलुक घोषणा भएसँगै मुलुकमा विभिन्न धर्मको पहुँच बाक्लिँदै गएको छ। विशेषतः मुलुकको ग्रामीण भेगमा केही धर्मका अनुयायीहरुले सर्वसाधारणमा विभिन्न लोभलालच देखाएर धर्म परिवर्तन गराउने काम गरेको देखिन्छ।

यसैको पछिल्लो घटना सोमबार सुनसरीको इटहरीमा देखापरेको छ। १३ वर्षअघि सुखको खोजीमा अभिषेक कार्की इसाई धर्मतर्फ आकर्षित भए। सोही क्रममा उनको भेट कोरियाली मुलकका सोंङ जा हुनसँग हुनपुग्यो।

हुन पादरीको रुपमा परमेश्वरको मण्डली विश्व सूसमाचार समाज सियोन चर्चमा धर्मको माध्यमबाट सुख शान्तिको प्रवचन दिँदै हिँड्थे। अभिषेक पनि उनैसँग होष्टेमा हैँसे गर्दै लागे।

प्रकाशित मिति: : 2019-04-25 19:12:36

प्रतिकृया दिनुहोस्