भोजपुर । मध्यपहाडी लोकमार्गमा भर्खरै पहिचान गरिएको मुन्दुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी बढेको छ । सँगसँगै स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् ।
पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले यसै वर्ष मात्रै घोषणा गरेको नेपालको घुम्नैपर्ने १ सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको छ ।