शाश्वत धाममा २५ लाख दर्शनार्थी

शाश्वतधामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमद अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेको चौधरी ग्रुपका जेनेरल म्यानेजर मधु पौडेलले जानकारी दिए।

 ‘यति सुन्दर र मनमोहक होला भन्ने मैले सोचेकै थिइनँ’ अन्सारीले भने,‘यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ। आफैंले प्रत्यक्ष अवलोकन गरेपछि मलाई  यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहि छैन जस्तो लागेको छ।’

प्रकाशित मिति: : 2019-04-25 08:19:13

प्रतिकृया दिनुहोस्