साउदीमा कामविहीन ११६३ नेपाली देश फर्कने समय पर्खदै, १० करोड तलब पाउन बाँकि

फाइल तस्वीर

साउदी अरबमा कामबिहीन भएका एकहजार एकसय ६३ नेपालीलाई स्वदेश फर्काउन त्यहाँको श्रम कार्यालयले आदेश दिएको छ।अजमिल कन्स्ट्रक्टिङ कम्पनीमा कामबिहीन भएका उनीहरूलाई तीन महिना भित्र स्वदेश फर्काइसक्न भनिएको छ। गएको एक वर्षमा नौ हजार नेपाली स्वदेश फर्किसकेका छन्। 

३७ हजार विदेशी कामदार रहेको त्यो कम्पनी तलब दिन नसकेर संकटमा फेसको थियो। उसले नेपालीको मात्रै झन्डै १० करोड रुपैयाँ तलब दिनबाँकी  रहेको बताइएको छ।

कम्पनीले कामविहीन भएका कामदारलाई साउदीको विभिन्न क्याम्पमा राखेको छ। दमामको दहरान क्याम्पमा चारसय ५०, जुबेलमा दुईसय ५०, खोवरमा तीनसय र रबिकमा एक सय र बाँकी अन्य क्याम्पमा राखिएको बताइएको छ।

प्रकाशित मिति: : 2019-04-24 23:00:43

प्रतिकृया दिनुहोस्