चिनियाँ, भारतीय र नाइजेरियन मिलेर नेपालीलाई ठगी, दुई पक्राउ

चिठ्ठाका नाममा नेपालीलाई ठगी गर्ने चिनियाँ र भारतीय नागरिक पक्राउ परेका छन् । गिरोहका नाइके नाइजेरियन भने फरार भएका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले भारतीय नागरिक अमित कुमार र चिनियाँ नागरिक वाङ होन्जयालाई पक्राउ गरेको हो । वाङ ठमेलमा रेस्टुरेन्ट चलाउँछन् । फेसबुक, ह्वाटएफ भाइबर तथा इमोमार्फत चिठ्ठा परेको भनेर झुक्याएर उनीहरुले ठगी गरेका हुन् । उनीहरुले चिठ्ठा रकम पाउनका लागि कर बापतको रकम दिन लगाई ठगी गरेको सिआईबीका प्रवक्ता एसपी सुदीप गिरीले बताए । 

प्रकाशित मिति: : 2019-04-24 18:27:57

प्रतिकृया दिनुहोस्