धादिङ केन्द्र भएर फेरि भूकम्प : बुधबार मात्रै तीन धक्का

अन्नपूर्ण पोस्ट

काठमाडौं : धादिङ केन्द्र भएर बुधबार तीन पटक भूकम्प गएको छ। बिहान दुई र दिउँसो एकपटक काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। 

बिहान ६ बजेर २९ मिनेट जाँदा  धादिङको नौबिसे केन्द्रविन्दु भएर पहिलो पटक  ५.२ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसलगतै सोही केन्द्रबिन्दु भएर  ६ बजेर ४० मिनेट जाँदा ४.३ म्यानिच्यूडको भूकम्प  गयो। 

त्यसैगरी दिउँसो ३ बजेर ५ मिनेट जाँदा ३.९ म्यान्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर  ७.८ म्याग्निच्यूड भूकम्प गएको ४ वर्ष पुग्न एकदिन बाँकी हुँदा  भूकम्प गएको हो।

प्रकाशित मिति: : 2019-04-24 16:48:50

प्रतिकृया दिनुहोस्