भूकम्पको चार वर्ष: 'आधा काम सकियो' तर कहिले सकिएला नेपाल पुनर्निर्माण?

बीबीसी

विनाशकारी भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा समग्र पुनर्निर्माणको काम लगभग आधा सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्। 

उनका अनुसार प्राचीन स्मारक पुनर्निर्माणमा कामले धेरै गति लिन नसकेको भए पनि समग्र काम भने ५० प्रतिशत पूरा भएको छ। 

विसं २०७२मा गोरखाको बारपाक र दोलखा केन्द्रविन्दु भएका भूकम्पपछि भत्किएका निजी आवास पुनर्निर्माणको काम अहिलेसम्म ८० प्रतिशतको हाराहारीमा सकिएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-04-23 15:39:56

प्रतिकृया दिनुहोस्