सिरहा- विद्यालयको पठन पाठनदेखि बिदा सामान्यतः शैक्षिक क्यालेण्डर अनुसार हुन्छ। तर, मधेसका विद्यालयहरुमा बिदा शैक्षिक क्यालेण्डर बाहेक पनि बिदा हुन्छ ‘जन्ती बिदा’। अर्थात गाउँमा आउने बिहे जन्तीको खानपान र आवासका लागि विद्यालय बिदा दिइन्छ।