मन्थलीमा रनवेबाट चिप्लियो तारा एयरको जहाज

तस्बिरः सेतोपाटी

लुक्लाबाट आएको तारा एयरको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिदा रामेछापको मन्थली विमानस्थल बन्द भएको छ।

सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ट्विनटर जहाजको रनवेमा चिप्लिएको थियो।  हाइड्रोलिकमा समस्या आएर चिप्लिएको हुनसक्ने विमानस्थल कार्यालयको प्रारम्भिक अनुमान छ।

जहाज चिप्लिएपनि यसबाट कुनै मानवीय क्षति नभएको विमानस्थल प्रमुख अमितकुमार चौरासियाले जानकारी दिए। 

धावनमार्गबाट  जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ। जहाज नहटाएसम्म विमानस्थल सुचारू नहुने चौरासियाले बताए।

प्रकाशित मिति: : 2019-04-22 11:01:24

प्रतिकृया दिनुहोस्