सुरुङ मार्ग घोटाला–भाग ४: कुशकुमार जोशीसहित एक दर्जन छानबिनको दायरामा, जनताको पैसा दुरुपयोग गरेको निष्कर्ष

तस्वीर:काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, बैशाख ८ : नेपाल पूर्वाधार विकास कम्पनीको नाममा मकवानपुरका सर्वसाधारणबाट करोडौं रुपैयाँ उठाई घोटाला गरेको विषयमा कम्पनीका पूर्वअध्यक्ष कुशकुमार जोशीसहित पदाधिकारीमाथि छानबिन भइरहेको छ। 

सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त रुपमा छानबिनलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेको स्रोतले काठमाडौं प्रेसलाई बतायो।  काठमाडौं प्रेसले यस विषयमा श्रृंखलावद्ध रुपमा समाचारहरू प्रकाशित गर्दै आएको छ। हेर्नुहाेस् :

यस विषयमा धेरैअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। तर, अख्तियारले छानबिन गर्ने चासो देखाएको थिएन। नविन घिमिरे प्रमुख आयुक्त भएर आएपछि भने अख्तियारले यस विषयमा चासो देखाएको स्रोतले जानकारी दियो।

‘काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग मात्र होइन, जनताको रकम फसेका अन्य सबै मुद्दालाई अख्तियारले अहिले प्राथमिकता दिइरहेको छ,’ स्रोतले भन्यो।

प्रकाशित मिति: : 2019-04-22 09:10:56

प्रतिकृया दिनुहोस्