रुकुम पूर्वमा एक सय ११ नाल अबैध बन्दुक संकलन

तस्बिरः बीएल

रूकुमपूर्वमा बिभिन्न समयमा गरी एकसय ११ नाल बन्दुक संकलन गरिएका छन्। जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका अनुसार जिल्ला प्रहरी कार्यालयको सक्रियतामा अबैध हतियार संकलन गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले आइतबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन्।जिल्लामा अबैध हतियार सुरक्षा चुनौति रहेकोले बताउँदै उनले पछिल्लोपटक ३५ दिने सूचना जारी गरेर अवैद्य बन्दुक बुझाउन सार्वजनिक सूचना जारी गरिएको बताए।उनका अनुसार त्यही क्रममा चैत्र १ गतेदेखि बैशाख ५ गतेसम्म २३ नाल बन्दुक संकलन गरियो।

संकलन गरिएका मध्ये ५५ नाल बन्दुक सही हालतमा रहेका छन् भने एउटा बन्दुक नपड्किने अवस्थामा छ। जिल्लाका ३ स्थानीय तहबाट नागरिकको सहमतिमा उक्त बन्दुक संकलन भएका हुन्। सबैभन्दा बढी जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाबाट संकलन गरिएको छ।यस गाउँपालिकाका ८ वडाबाट ४४ नाल भरुवा बन्दुक संकलन गरिएको थियो। त्यस्तै सिस्ने गाउँपालिकाबाट ११ र भुमे गाउँपालिकाबाट १ वटा बन्दुक संकलन भएको छ।

बन्य जन्तुको संरक्षण र शान्ति सुरक्षा कायम गर्नका लागि अवैध घरेलु बन्दुक संकलन अभियान संचालन भैरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। त्यस्तै जिल्लालाई अवैध घरेलु हतियार मुक्त गर्ने लक्ष्य पनि राखिएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक योगेन्द्रकुमार खड्काले प्रहरी टोली परिचालन गरेर नागरिकहरुको सहमतिमै बन्दुक संकलन गरिएको बताए। घर घरमा प्रहरी टोली पुगेर बन्दुक भएमा बुझाउन आग्रह गरे अनुसार नागरिकहरुले बन्दुक बुझाएको उनले बताए।

प्रकाशित मिति: : 2019-04-22 02:52:11

प्रतिकृया दिनुहोस्