३५ दिनमा प्रशासनमा आए २५९ हतियार, विप्लवका कार्यकर्ताले एउटा पनि बुझाएनन्

तस्बिरः सेतोपाटी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको दुई दिन सरकारले हतियार बुझाउन ३५ दिने सूचना जारी गर्‍यो।

सरकारले दिएको ३५ दिने सीमामा विप्लव समूहको नामबाट एक थान पनि हतियार प्रशासनलाई बुझाइएको छैन।

३५ दिनमा देशभरिबाट २५९ थान हतियार प्रशासनमा बुझाइएका छन्। जसमध्ये १७१ इजाजतप्राप्त र ८८ वटा अवैध थिए। बुझाइएकामध्ये अधिकांश भरूवा बन्दुक छन्।

‘सरकारले हतियार बुझाए कारबाही नगर्ने भनेपछि सर्वसाधारण मान्छेले बुझाइएका हतियार हुन् यी,’ प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने, ‘विप्लव समूहको नामबाट हतियार बुझाइएको कहीँ कतैबाट जानकारी आएको छैन।’

प्रकाशित मिति: : 2019-04-21 22:50:55

प्रतिकृया दिनुहोस्