बारपाक व्यूँतिदै (फोटो फिचर)

काठमाडौं । ०७२ वैशाख १२ को भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको गोरखाको बारपाक तहसनहस बनेको थियो । बारपाकबासीको घरबार ध्वस्त भएको करिब चार वर्ष हुँदैछ । बारपाकबासीका आफन्तहरु गुमाएको र सपना चुँडालिएको त्यो दिन अहिले स्थानीयहरु सम्झन पनि चाहँदैनन् । उक्त भूकम्पमा ७० जना बारपाकबासीले ज्यान गुमाएका थिए । 

अहिले विस्तारै बारपाक व्यूँतिदै छ । ढुंगाले बनेका र विविध कौशलले सजिएका पुराना कलात्मक घरहरु अहिले बारपाकमा छैनन् । त्यहाँ निला छाना भएका र क्रङक्रिटले बनेका घरहरुमात्र देख्न सकिन्छ । बारपाक वडा नम्बर १ का अध्यक्ष रोशन विकका अनुसार, ७२ सालको भुक्म्पले १३०१ घरधुरी ध्वस्त बनाएको थियो भने अन्य सयौं घरमा आंशिक क्षति पुर्‍याएको थियो । उनका अनुसार अहिले करिब एक हजार चार सय १५ घर बनिसकेका छन् । उनले भने, "करिब ८८ प्रतिशत घरहरु बन्दै छन भने केही घरहरु बन्न बाकीँ छन् । सरकारले प्रदान गरेको अनुदान सहयोगले उनीहरु घर निर्माणमा जुटेका छन् ।"

बारपाकको जिवनशैली फेरिँदै छ । भूकम्प सम्झिनै नचाहे पनि बेलाबखतमा धक्का आउने गरेको स्थानीयले बताए  । 

प्रकाशित मिति: : 2019-04-21 18:09:17

प्रतिकृया दिनुहोस्