दुई सय मिटरमा पनि आशिष सरस्वतीलाई स्वर्ण

तस्बिरः बिएल

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपिएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन्। आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका हुन् । दुवै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए ।

दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक चौधरी दोस्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेस्रो भए।

महिलाको निर्धारित दूरी तय गर्न सरस्वतीले २६.२६ सेकेन्ड समय खर्चिन् । प्रदेश ५ की जयरानी चौधरी दोश्रो तथा आर्मीकी कृष्णा चौधरी तेश्रो बने।

पुरूष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओली पहिलो भए। उनले ३७.०२ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोश्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मीकी अमृता महतो पहिलो भइन् । अमृताले ३६.०३ मिटरको प्रदर्शन गरिन् । प्रदेश ५ की संगीता अधिकारी दोश्रो तथा एपीएफकी जितकुमारी महतो तेश्रो स्थानमा रहे ।

पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते । उनले १.८५ मिटर उचाई नाघे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कांस्य जिते । सो स्पर्धाको महिलामा १.५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन् । आर्मीकी संगीता सिन्जाली दोश्रो भइन् । प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए ।

सुटिङ: अस्मिता शीर्ष स्थानमा

आठौं अन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन्।

प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी ५६५ अंकमा पहिलो, गण्डकीका धनबहादुर विक ५५७ अंकमा दोश्रो र प्रहरीका हरिबहादुर थापा ५५५ अंकमा तेश्रो स्थानमा छन् ।

पुरुष १० मिटर एयर पेस्तोलको व्यक्तिगतमा आर्मीका कुवेर केसी पहिलो, प्रहरीका सुकदेव चौधरी दोश्रो र प्रदेश २ का जग्गीलाल महतो तेश्रोमा छन् । उक्त स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर पहिलो, सुदूरपश्चिमकी सावित्री बोहरा दोश्रो र प्रदेश १ की कमला राई तेश्रो स्थानमा छन् ।

राइफलको पुरुषमा १६ र महिलामा १७ तथा पेस्तोलको पुरुष÷महिला दुवैमा समान १६–१६ खेलाडी सहभागी छन् । सबै खेल सकिएपछि फाइनलमा पुग्ने शीर्ष ८ खेलाडीको टुंगो लाग्नेछ । आठ खेलाडीबीचको फाइनल २४० अंकको हुनेछ भने क्वालिफाइङ चरणका खेल ६ सय पूर्णाङकमा भइरहेको छ ।

नेपालगन्ज रंगशालाको परिसरमा रहेको सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा सातै प्रदेश, प्रहरी र आर्मीका ६५ खेलाडीले व्यक्तिगत र टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषको २४ औं तथा महिलाको २३ औं संस्करण हो ।

 

खो खो: आर्मीको दोहोरो जित

आठौंअन्तर्गत राष्ट्रिय खो खोमा आर्मीले दोहोरो जित हात पारेको छ । पुरुषमा आर्मीले प्रदेश ५ लाई १८–१६ र महिलामा प्रदेश १ लाई २९–० ले पराजित ग¥यो । पुरुषको अर्को खेलमा एपीएफले प्रदेश ४ लाई १४–५ ले हरायो ।

महिलाको अन्य खेलमा प्रदेश ३ ले प्रदेश ४ लाई १९–१३, प्रदेश ५ ले प्रदेश ६ लाई २५–३ र प्रदेश ७ ले प्रदेश २ लाई १२–४ ले निराश पारे ।

सेपकताक्रो: आर्मीलाई दुई स्वर्ण

आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको रेगुमा आर्मीले दुई स्वर्ण जितेको छ । आर्मी पुरुष र महिला दुवैमा पहिलो भयो ।

बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित ग¥यो । रोशन तामाङ, सूर्यकुमार चौधरी, अनिल जर्घा मगर, दिपेशजंग थापा र उमेश महतोले प्रतिस्पर्धा गरेका थिए । प्रदेश ३ ले सुदूरलाई २–० ले हराउदै तेश्रो भयो ।

महिलाको फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१५ र २१–१० ले पाखा लगायो । आर्मीको टिममा चन्द्रा चौधरी, सोममाया थापा मगर, सुमित्रा डंगोल, इनु चौधरी र रुथ श्रेष्ठ छन् । गण्डकीले सुदूरलाई २–० ले पन्छ्याउदै तेश्रो भयो ।

आर्चरी: अशिम र मुकेश फाइनलमा

आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ तथा आर्मीकी मित्र राईले कास्कीकी केशरी आले मगरलाई ६–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष रिकर्भ टिम ७० मिटरमा कास्कीले अन्नपूर्णलाई ६–२ तथा प्रहरीले आर्मीलाई ५–१ ले पाखा लगाउदै फाइनलमा पुगे । रिकर्भ मिक्स टिममा आर्मीका रोशन र ज्ञानु तथा डम्बर थापा र आईशा तामाङको जोडी फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्री गुरुङले कञ्चनपुरका होम थापा मगरलाई १४३–१२६ तथा कास्कीका राजेश राणाले थसाङ स्पोर्ट्स क्लबका रमेश भट्टचनलाई १४१–१२४ ले पन्छ्याउदै फाइनल यात्रा तय गरे ।

पुरष ३० मिटर व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङले बेस्ट आर्चरीका ग्रीष्मा गुरुङलाई ६–० तथा बेस्ट ग्रुपकै प्राण्जल राईले आर्मीका कमल दानीलाई ६–० ले पराजित गरी फाइनलमा पुगे । सो स्पर्धाको महिलामा अर्चना थापा मगरले सोलिना गुरुङलाई ७–१ तथा अनुषा गुरुङले एपीएफकी सोनु जया राईलाई ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । सोनु एपीएफ तथा बाँकी अन्नपूर्णका हुन् ।

पुरुष ३० मिटर टिममा आर्मीले थसाङलाई ५–३ तथा बेस्टले कास्कीलाई ५–३ ले निराश पार्दै फाइनलमा स्थान बनाए । त्यसै स्पर्धाको महिलामा अन्नपूर्णले सुनसरीलाई ६–० तथा कञ्चनपुरले आर्मीलाई ५–१ ले हराउदै फाइनलमा पुगे ।

मिक्स स्ट्यान्डर्ड ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापा तथा आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडी फाइनलमा पुगे ।

ह्यान्डबल:

आठौँ अन्तरगत शनिवार विहान भएको पुरुष हेन्डबल खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई २२–१२ गोल अन्तरले पराजित गर्दा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लवलाई २४–२१ गोलले पराजित ग¥यो ।

यसैगरि, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ वीच भएको खेल बराबरी भएको छ । दुवै टिमले समान १४–१४ गोल गरेपछि दुवै टिमले समान अंक बाँडेका छन् ।

त्यस्तै, शनिवार दिउँसो भएको पहिलो खेलमा एपीएफ क्लव विजयी भएको छ । प्रदेश १ लाई २६–१० ले एपीएफले पाखा लगायो ।

पुरुष हेन्डवल प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १४–३६ गोल अन्तरले पराजित ग¥यो । भने, दिउँसो नै भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई २६–१५ गोलले स्तब्ध बनायो ।  

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा शनिवार विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् ।

पहिलो खेलमा नेपाली सेनाले प्रदेश ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले स्तब्ध पा¥यो । त्यस्तै विहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले पाखा लगायो ।

यसैवीच, प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको महिला हेन्डबल खेलमा विभागिय त्रिभुवन आर्मी, एपीएफ र गण्डकी प्रदेश विजयी भएका छन् । 

पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ०–२४ को पराकिलो अन्तरले पाखा लगायो । त्यस्तै दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई २–३६ गोल अन्तरले हरायो । 

त्यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश ५ लाई ७–४४ गोल अन्तरले हराउँदै जित निकाल्यो । शनिवार नै भएको अर्को खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले स्तब्ध पारेको हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालले जानकारी दिए ।

 

आईटीएफ तेक्वान्दो:

आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत आइटिएफ तेक्वान्दोमा शनिवारसम्मका खेलमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत शनिवारसम्म भएका सींगल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ । त्यस्तै, एपिएफले ४  र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ ।

यसैविच, शनिवार भएको ४६ देखी ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्यांगीले आर्मीका पुर्ण घर्तिलाई हराउदै प्रदेश ५ को खाता खोलेका हुन् । उनले पनि स्वर्णपदक जितेका छन् । त्यस्तै, शनिवार विहान भएका सींगल प्याट्रनका खेलमा प्रदेश ४ कि सुस्मीता थापालाई हराउदै एपिएफकी अप्सना तामाङले स्वर्ण जीतेकि छिन् ।

त्यस्तै, आर्मीकी हिमा खड्कालाई हराउदै एपिएफकै सन्चीता लामाले पनि स्वर्णपदक जितीन् । पुरुषतर्फको सींगल प्याट्रनमा प्रदेश ३ का सौरभ घिमीरे, आर्मीका भिम वहादुर तामाङ र आर्मीकै पुर्ण वहादुर मगरले स्वर्णपदक जितेका छन् । ग्रुप प्याट्रनमा भएको खेलमा महिलातर्फ आर्मीको तुलसा राजथलाको समुह र पुरुषतर्फ एपिएफकको नाम्गेल तामाङको समुहले स्वर्णपदक प्राप्त गरेको छ ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गर्नुभएको छ । प्रतियोगीतामा ७ प्रदेशसहित २ विभागीय टिम गरी कुल ९ टिम सहभागी रहेको नेपाल आइटिएफ तेक्वान्दो संघ प्रदेश नं ५ का अध्यक्ष विरेन्द्रवहादुर शाहिले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, एक प्रदेशबाट १४ जना पुरुष र ११ जना महिला गरी २५ जना खेलाडि सहभागी भएका छन भने एउटा प्रदेशबाट २ जना प्रक्षिक्षक सहभागी छन् । कुल २ सय २५ जना खेलाडि सहभागी प्रतियोगीतामा ४ वटा इभेन्ट हुन लागेका छन् । फाइट, प्याट्रन, ग्रुप स्पारीङ र ग्रुप प्याटन गरी ४ वटा इभेन्टमा खेल हुने उहाँले बताउनुभएको छ । शुक्रबार साँझदेखी सुरु खेल वैशाख १० गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: : 2019-04-20 23:55:42

प्रतिकृया दिनुहोस्