इरानी विदेशमन्त्री जभाद जारिफले दिए राजीनामा

इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका

उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेकी छन्।

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेखेका छन्।

उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरु र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले अहिले किन राजीनामा दिएको हो भन्ने बारेमा केही जानकारी दिइएको छैन।

विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए।

प्रकाशित मिति: : 2019-02-26 23:13:28

प्रतिकृया दिनुहोस्