मञ्चमै कालाेझण्डा देखाएपछि राेकिए प्रधानमन्त्री

तस्बिरः नागरिक

बुटवल– तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए। कालो झण्डा देखाउने ती व्यक्ति बुटवल ११  मजुवाका रुद्रमणी घिमिरे रहेको इलाका प्रहरी कार्यायल बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। घिमिरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरिएको छ। 

जितगढी किल्ला एउटा गढी भएकाले यसको सुरक्षाको मुल नेतृत्व नेपाली सेनाले गरेको प्रहरीले जनाएको छ। सुरक्षाकै कारण देखाउदै पत्रकारहरुलाई समेत मञ्चदेखि टाढै राखिएको थियो।

प्रकाशित मिति: : 2019-04-20 15:57:48

प्रतिकृया दिनुहोस्