पाकिस्तानमा बन्दुकधारीले लिए १४ यात्रुको ज्यान

पाकिस्तानको बलुचिस्तानस्थित वोरमारा भन्ने स्थानमा अज्ञात बन्दूकधारीले १६ जना यात्रुको गोली हानी हत्या गरेका छन्।

वलुचिस्तानका आइजीपी मोहसिन हसन बटले १५ देखि २० जना अक्रमणकारी हत्यामा संलग्न रहेको जानकारी दिएका छन।

वसमा यात्रा गरिरहेका यात्रुको परिचयपत्र हेर्दै गैर-वलुच १४ जनालाई छानी छानी मारिएको बटले बताए। तीमध्ये दुईजना भने भाग्न सफल भएका छन्।

अक्रमणकारी को थिए र उनीहरूको उद्देश्य के थियो भन्ने बारेमा भने केही जानकारी प्राप्त भएको छैन।

बसमा करिब ३६ यात्रु सवार थिए ।

प्रकाशित मिति: : 2019-04-19 03:32:11

प्रतिकृया दिनुहोस्