यी चलचित्र अरु हिँडेको बाटो हिँडेनन्

काठमाडौं । नेपाली चलचित्रले आधा शताब्दी लामो इतिहास बोके पनि प्रयोगका हिसाबले खासै अगाडि बढ्न सकेको छैन । छिमेकीले स्थापित गरिदिएको मानकमै रुमल्लिरहेको छ नेपाली चलचित्र उद्योग ।

नयाँ प्रविधि आयो त्यसको प्रयोग हुन थाल्यो । सेलुलाइडबाट डिजिटल प्रविधिमा चलचित्र बन्न थाले । हाइभिजन हल थिए, अहिले ती विस्थापित अथवा रुपान्तरण हुँदै मल्टिप्लेक्स हल बन्न थाले । तर ५० वर्षमा चलचित्रमा देखिएको यो रुपान्तरण पर्याप्त भने होइन ।

पछिल्ला केही वर्ष यता वार्षिक सयवटा चलचित्र प्रदर्शनमा आउँदा पनि पुरानै ढर्राबाट चलचित्र माथि उठ्न सकेको छैन । विषयवस्तु अधिकांश लभ स्टोरी छ । कथा भन्न मुख्य चरित्रका रुपमा नायक नै खडा गरिन्छ । अथवा नायकप्रधान चलचित्र नै बनिरहेका छन् ।
 
पुराना निर्देशक, सञ्चारकर्मी तथा गीतकार यादव खरेल चलचित्र निर्माणको सुरुको दशकमा नै नायिकाले नै कथा बोक्ने केही चलचित्र निर्माण भए पनि त्यसले उल्लेख्य रुपमा निरन्तरतापाउन नसकेको बताउँछन् ।

प्रकाशित मिति: : 2019-04-18 15:41:31

प्रतिकृया दिनुहोस्