बाँकेमा १८ करोडकाे खेल पूर्वाधार तयार, राखेप भन्छ- प्रतियाेगिताका लागि अब पूर्वाधार बाधक छैन

निर्माणाधीन नेपालगञ्ज रंगशाला।

राँझा- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेमा ४८ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन्।

नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन्।

प्रकाशित मिति: : 2019-04-18 09:56:15

प्रतिकृया दिनुहोस्