बिनातयारी लुम्बिनी भ्रमण वर्ष, सरोकारवाला नै बेखबर

नयाँ वर्षको दिन साँझ दिपावली गरिएपछि धपक्क बलेको लुम्बिनीस्थित मायादेवी मन्दिर । प्रदेश सरकारले लुम्बिनीलाई पर्यटकिय गन्तब्य बनाउन २०७६ लाई लुम्बिनी भ्रमण मनाउन थालेको छ । तस्बिर : मनोज पौडेल/कान्तिपुर

लुम्बिनी — प्रदेश ५ सरकारले मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लुम्बिनी भ्रमण वर्ष, २०७६ को कार्यक्रम अघि सारे पनि तयारी फितलो देखिएको छ । भ्रमण वर्षका कार्यक्रम सुरु हुन नपाउँदै संशोधनको तयारी भइरहेको छ ।

नयाँ वर्ष लक्षित कार्यक्रम आइतबारै सुरु हुनुपर्ने हो। प्रदेश सरकारले विशेष महत्त्व दिएर मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष एक महिना ढिलो सुरु हुने भएको छ। औपचारिक उद्घाटन जेठ ४ गते लुम्बिनीमा हुनेछ। वैशाख पूर्णिमा १ महिनापछि परेकाले उद्घाटन धकेलिएको सरोकारवालाको जिकिर छ।

प्रकाशित मिति: : 2019-04-17 21:22:50

प्रतिकृया दिनुहोस्