डेढ घन्टामा पृथ्वीको चक्कर काट्ने नेपाली स्याटेलाइट

तस्बिरः सेतोपाटी

नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा उपस्थिति जनाउँदैछ।

नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहितको उक्त भू-उपग्रहलाई 'नेपाली स्याट-१' नाम दिइएको छ।

अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी 'अर्बिटल एटिके' को रकेटबाट उडाइने भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।

प्रकाशित मिति: : 2019-04-16 16:30:46

प्रतिकृया दिनुहोस्