सचिव सरुवामा मनपरी

काठमाडौं : सरकारले स्वास्थ्य मन्त्रालयमा सचिवको सरुवा स्वेच्छाचारी ढंगले गरेको छ। मन्त्रालयका प्रशासन समूहका सचिव चन्द्र घिमिरेको तीन महिना नपुग्दै सरुवा भएको छ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको तीन महिना नपुग्दै सरुवा गरेको हो। गत माघ ९ गते सचिव घिमिरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएको थियो। उनी स्वास्थ्य मन्त्रालयको प्रशासन समूहका सचिव थिए। सचिव घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।

प्रकाशित मिति: : 2019-04-16 16:15:04

प्रतिकृया दिनुहोस्