झापाको हल्दीबारीका महिला 'विकासमा पहिला'

तस्बिरः बिबिसी

केही दिनअघि झापाको हल्दीबारी गाउँपालिका कार्यालयले महिलालाई जिम्मा दिएको विकास निर्माणको काम हेर्न जाँदा पारुखोपी टोल विकास संस्थाका पदाधिकारीलगायत उक्त गाउँका महिलाले फरुवा लिएर सडक खनिरहेका थिए।

कोही ढुङ्गाको गारो लगाउँदै थिए भने कोही स्थानीयवासीले गर्ने भनेको लगानी उठाउन गाउँ पसेका थिए।

गाउँका महिलालाई अझै पनि विभिन्न अवसरबाट वञ्चित गराइँदैछ भन्ने गुनासोबीच झापाको हल्दीबारी गाउँपालिकाले भने विकास निर्माणका सम्पूर्ण काम महिलाको नेतृत्वलाई जिम्मा दिएको छ।

यसअघि नगरेका काम गरिरहँदा कहिलेकाहीँ निकै समस्यामा पर्ने गरेको उनीहरू सुनाउँछन्।

प्रकाशित मिति: : 2019-04-16 08:40:32

प्रतिकृया दिनुहोस्