छोरी स्कुलमा महिनावारी भइन् भने?

राजधानीको बाफलस्थित ज्ञानोदय स्कुलमा भेन्डिङ मेसिनबाट स्यानिटरी प्याड झिक्दै। तस्बिर: नारायण महर्जन/सेतोपाटी

स्कुल भर्ना याम सुरू भएको छ। हामी आफ्ना सन्तानको गुणस्तरीय शिक्षाका लागि महिनाको हजारौं खर्च गर्न तयार हुन्छौं। पढाइ र अतिरिक्त क्रियाकलापमा चनाखो बन्छौं। तर, जुन स्कुल तपाईं छान्दै हुनुहुन्छ, त्यहाँ छोरीहरूका निम्ति महिनावारी हुँदा के-कस्ता सुविधा छन्? यसतर्फ कहिले ध्यान दिनुभएको छ?

हामीले राजधानीका केही चल्तीका स्कुलहरूसँग यसबारे कुरा गर्यौं।

लिटिल एन्जल्स स्कुलले आफ्ना विद्यार्थीलाई महिनावारीबारे बेलाबेला जानकारी गराउँछ। छात्राहरूलाई महिनावारी हुँदा स्यानिटरी प्याड पनि उपलब्ध गराउँछ। त्यो प्याड लिन सम्बन्धित व्यक्तिलाई भनेर पैसा तिर्नुपर्छ।

प्रकाशित मिति: : 2019-04-16 08:34:27

प्रतिकृया दिनुहोस्