काठमाडौँ–वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठक बस्न नसक्दा दुई सयभन्दा बढी पीडितले आर्थिक सहायता पाउन सकेका छैनन्।श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको अध्यक्षतामा रहेको बोर्डको बैठक सात महिनादेखि बस्न नसकेको हो।गत भदौ २५ गतेपछि बैठक बस्न नसकेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
त्यसयता आर्थिक सयाताका लागि बोर्डको सचिवालयमा निवेदन दिएका २ सय ७३ जनाको निर्णय हुन सकेको छैन। यसमध्ये १ सय ७० जनाका परिवारले आर्थिक सहायता पाउन सक्ने बोर्डको सचिवालयले जनाएको छ।अरु एक सय तीन जना मृतकका हकवालालाई भने आर्थिक सहायता दिन नमिल्ले जनाइएको छ। तर यो निर्णय पनि बोर्डको बैठकबाट मात्रै गर्नु पर्ने कानुनी व्यवस्था छ।