नेपालको पहिलो भूउपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्ने

नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट–वान’। तस्विर: बर्डस् परियोजना

नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’को अन्तरिक्ष प्रक्षेपणको भिडियो अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले आफ्नो वेब पेजबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

भूउपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण हुनेछ।

‘सो समयमा अर्बिटल एटिकेटको सिग्नस इलाभेन मिसनको रकेट प्रक्षेपण हुन्छ,’ भूउपग्रह निर्माता आभास मास्केले जापानबाट अनलाइन कुराकानी गर्दै नेपालखबरसँग भने, ‘अन्तरिक्ष यात्रीको कार्गो बोकेर जाने सो रकेटमा भूउपग्रह राखेर पठाउँदैछौं। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा करिब डेढ महिना राखेपछि नेपाली स्याटलाई अन्तरिक्षमा छोडिनेछ।’ 

प्रकाशित मिति: : 2019-04-16 00:10:52

प्रतिकृया दिनुहोस्