अस्तव्यस्त दिल्ली ट्राफिक : नजर हटि तो दुर्घटना घटि

नयाँ दिल्ली- हिन्दीमा एउटा भनाइ छ, ‘नजर हटि तो दुर्घटना घटी’। यो भनाइ दिल्लीको ट्राफिक व्यवस्थालाई मध्यनजर गरी बनाइएको हो कि जस्तो लाग्छ। किनभने यहाँ पैदल यात्रुले पनि बाटोभन्दा पर नजर पुर्‍यायो भने दुर्घटना हुने संभावना हुन्छ।

ट्राफिक व्यवस्थापन राम्रो नभएको दिल्लीमा बाटोमा हिड्दा हिँड्दै दुघर्टना परिन्छ कि भन्ने पीर नयाँ मानिसका लागि त झन् बढी हुन्छ। दिल्लीको बाटोमा पैदल यात्रुलाई सबैभन्दा ठूलो त्रास अव्यवस्थित र अनियन्त्रित ट्राफिकका कारण हुन्छ।

आर्थिक प्रगतिमा लम्किएको भारत विश्वकै बढी जनसंख्या भएका देशको सूचीमा दोस्रो स्थान लिने देश हो। यहाँको संस्कृति, भाषा, जातीय विविधता जति बढी छ, त्यति नै विविधता बाटोमा गुड्ने साधनमा पनि। लोपोन्मुख गोरुगाडादेखि लिएर तीव्र गतिको रेलको आस्वादन गर्न पाउनु भारतको राजधानी दिल्लीको विशेषता हो।

प्रकाशित मिति: : 2019-04-15 21:06:38

प्रतिकृया दिनुहोस्