मोबाइल प्रयोग घटाउने पाँच उपाय

छकालै ब्युँझाउने अलार्म होस् वा टाइमपास गर्न– हामी सबै मोबाइलको प्रयोग गर्छाैं। मोबाइल जीवनको अभिन्न अंग बनेको छ। एकछिन हातमा नभए छटपटी हुन्छ। के भो, कसो भो, हुटहुटी चल्छ।
मोबाइलको लत लागेको छ भन्दा फरक पर्दैन। कसैले फोन गरोस्–नगरोस्, कुनै मेसेज आओस्–अनाओस्– छिनछिनमा मोबाइल हेर्नुपर्छ। साथीभाइ डिनर टेबलमा सँगै बसेका त हुन्छन्, तर सबै आफ्नै मोबाइल र भर्चुअल लाइफमै व्यस्त।
अरिगाँलको ट्वीट, इन्स्टाको फोटो, टिकटकको नौटंकी– ऐजन ऐजन। मोबाइल आफूदेखि एकछिन ओझेल भए, ठूलै आपत परेजस्तो लाग्छ। मानौं संसार बस् त्यही मोबाइलमा अडेको छ। मोबाइलको लत कसरी कम गर्ने त? मोबाइलको प्रयोग कम गर्न चाहनु हुन्छ भने यी पाँच उपाय लागू गर्नुहोस्। निकै राहत मिल्नेछ...

प्रकाशित मिति: : 2019-04-15 07:23:33

प्रतिकृया दिनुहोस्