अफ्रिकामा पनि नेपाली चेलिबेटी बेचबिखन : केन्याको न्यु रंगिला बारबाट १२ जना पक्राउ

केन्याको प्रहरी हिरासतमा नेपाली चेलीहरू । तस्बिर सौजन्य: एनएमजी

नयाँ वर्षको शुभकामना आदानप्रदान गरिरहेकै बेला अफ्रिकी मुलुक केन्याबाट एक अशुभ खबर प्राईत भएको छ।

केन्याको दोस्रो ठुलो सहर मोम्वासाको नियालीस्थित एक बारबाट १२ नेपाली चेलीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। 

स्थानीय सञ्चार माध्यमहरूका अनुसार न्यू रंगिला बार सबैखाले रंगिला कर्म हुने भनेर बदनाम बार हो। 

प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ। उनको साथबाट असिफ अमिराली अलिभाई जेजेथा नामको क्यानेडियन नागरिकता भेटिए पनि प्रहरीले त्यो उनको सक्कली परिचय नभएको बताएको छ।  

बार डान्सरको रुपमा उनीहरुलाई अन्तर्राष्ट्रिय यौन मानवतस्करको गिरोहले त्यहाँ पुर्‍याएको स्थानीय प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

 
प्रकाशित मिति: : 2019-04-14 23:34:57

प्रतिकृया दिनुहोस्