सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन् ।

सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए ।

सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ । सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने आरोही बताउँछन् । आइसफल डाक्टर आठ जनाको समूहमा खटिएका छन् ।

प्रकाशित मिति: : 2019-04-13 12:56:22

प्रतिकृया दिनुहोस्