‘राष्ट्र सेवक’ को मान राख्ने राई र त्रिताल

तस्बिरः सेतोपाटी

कर्मचारीलाई 'राष्ट्र सेवक' भनिन्छ। तर, सबै कर्मचारी 'राष्ट्र सेवक’ भनिन लायक हुन्नन्।

निजामति सेवाको हरेक ब्याचमा केही कर्मचारी यस्ता आउँछन्, जसले 'राष्ट्र सेवक’ को मान राख्छन्। कर्मचारीतन्त्र र मुलुकलाई केही मात्रामा जोगाउँछन्।

गृहसचिव प्रेम राई र पूर्वसचिव शारदाप्रसाद त्रिताल 'राष्ट्र सेवक’ पगरीको मान जोगाउने त्यस्तै अब्बल कर्मचारीमध्ये हुन्।

राई र त्रितालबारे अाजसम्म कुनै पनि राजनीतिक वा प्रशासनिक नेतृत्वले औंला उठाएको छैन। उनीहरूले जोसँग काम गरे, तिनले राई र त्रितालको प्रशंसा मात्र गरेका छन्। उनीहरूको कामप्रति निष्ठा, दक्षता र इमानको तारिफ गरेका छन्।

पूर्वी पहाडी जिल्ला संखुवासभाबाट आएका यी दुईको अर्को समानता पनि छ— चुपचाप काम गर्ने, प्रचार नखोज्ने र मिडियाबाट भरसक टाढै बस्ने।

प्रकाशित मिति: : 2019-04-12 21:13:27

प्रतिकृया दिनुहोस्