आज कीर्तिपुरमा पृथ्वीनारायण शाहले नाक काटेको दिन : सम्झनामा बन्दै ८६५ किलोको गँ (घण्ट)

कीर्तिपुर : कीर्तिपुरको बाघ भैरब मन्दिर पछाडि ८ सय ६५ किलोको गँ (घण्ट) निर्माण हुने भएको छ।

पृथ्वीनारायण शाहले चैत्र २६ मा कीर्तिपुर विजय गरेको र चैत्र २७ गते नाक, कान र ओठ काटेको दिन भन्दै आज गँ राख्ने स्थानको शिलन्यास गरिएको हो।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गँ निर्माण हुने स्थानमा पुजा गरी शिलन्यास गरेका हुन्। महर्जनले कीर्तिपुरका वीर योद्धाहरुलाई गरिएको अपमानको विरुद्ध गँ स्थापना गर्न लागेको बताए।

कीर्तिपुर विजय गरेको भोलिपल्ट पृथ्वीनारायण शाहले आफ्नो क्रोध यहाँ बाँकी रहेका मानिसहरुमाथि निकालेको भन्दै वीरगति प्राप्त गरेका कीर्तीपुरवासीहरुको सम्झनामा गँ स्थापना गर्ने कार्य स्वागत योग्य रहेको उनले बताए।

प्रकाशित मिति: : 2019-04-10 22:10:44

प्रतिकृया दिनुहोस्