बिएल संवाददाता
धादिङस्थित त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका-२ क्यरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो।
शवको अवस्था हेर्दा भर्खरैको बाढी-पहिरोको घटनासँग सम्बन्धित रहेको प्रहरीको अनुमान छ। शवको स्थिति र आकृतिका आधारमा दुवै मृतक पुरुष भएको बताइएको छ। शव पहिचान भइसकेको छैन।
घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया