पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजैका मितिदेखि सरकारी सेवा सुविधा त्याग गरेकी छिन्। त्यसको जानकारीपत्र उनले गृहमन्त्रालयमा पठाइसकेकी छन्।
केही दिनअघि अब आफू एमालेमा फर्किएर सक्रिय राजनीतिमा लाग्ने भन्दै उनले सदस्यता नविकरणसमेत गरिसकेको जनाएकी थिइन्। सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि उनले राष्ट्र प्रमुखको हैसियतले लिँदै आएको सेवा सुविधा त्याग गरेकी हुन्।
राष्ट्र प्रमुखका हैसियतमा उनले उपसचिव सरहको सेवासुविधा हुनेगरी एकजना स्वकीय सचिव< कार्यालय सहयोगीलगायतको खर्चवापत हुन आउन मासिक लगभग डेढ लाख रुपैयाँ लिँदै आएकी थिइन्।
त्यस्तै उनको सुरक्षामा खटिने सुरक्षाकर्मीहरू बस्नका लागि पनि सरकारले घर भाडामा लिएको थियो। अरु सेवा सुविधा त्या गरे पनि प्राटोकलका हिसाबले सुरक्षाकर्मी भने हटाउन मिल्ने छैन। उनले सरकारी खर्चकै गाडी सुविधा पनि लिँदै आएकी थिइन्।