नेकपा एसले साेध्याे रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको छ।

पार्टीकी स्थायी समिति सदस्य समेत रहेकी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै दिएकाे अभिव्यक्तिबारे स्पष्टीकरण सोधेको हाे। 

असार १५ गते बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा झाँक्रीले भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’  

 
 

प्रकाशित मिति: : 2025-07-02 13:31:00

प्रतिकृया दिनुहोस्