मुगुमा लगातार भूकम्प

मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि, आइतबार  समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
 

प्रकाशित मिति: : 2025-06-30 09:55:00

प्रतिकृया दिनुहोस्