सचेतक र कानुमन्त्रीसँग सभामुखको छलफल

सभामुख देवराज घिमिरे सदनको अवरोध खुलाउन सक्रिय भएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन्।

रास्वपाले सदनमा विरोधको नयाँनयाँ शैली अपनाउन थालेपछि मंगलबार सभामुखले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका थिए।

यसअघि पेलेरै अघि बढेका सभामुख मंगलबार भने पछि हटेका थिए। सदनको अवरोध जारी रहँदा बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुन सकेन।

प्रकाशित मिति: : 2025-06-19 12:18:00

प्रतिकृया दिनुहोस्