सदनमा रास्वपा र राप्रपाको विरोध जारी, राप्रपाद्वारा बैठक बहिष्कार

प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कायमै राखेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उनीहरूले उठेर विरोध गरेका थिए।

रास्वपा सांसदहरूले संसदको वेल घेराउ गरेका छन्। राप्रपा सांसदहरूले बैठक बहिष्कार गरेका छन्। उनीहरू सदनबाट बाहिर निस्केका छन्।

जेठ १३ गतेदेखि उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै सदनमा अवरोध गर्दै आएका छन्।

प्रकाशित मिति: : 2025-06-19 13:26:00

प्रतिकृया दिनुहोस्