गृहमन्त्रीलाई संसदमा बोल्न दिन विपक्षी दलहरू तयार!

फाइल तस्बिर
फाइल तस्बिर

संघीय संसदका प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन तयार भएका छन्।

मंगलबार सदनको अवरोध खुलाउने विषयमा सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ।

स्रोतका अनुसार गृहमन्त्रीको जवाफ चित्त बुझेमा सदनको अवरोध अन्त्य गर्न दलहरू सहमत भएका हुन्।

यद्यपि गृहमन्त्रीलाई लामो समय बोल्नै नदिँदा असंसदीय व्यवहार देखिने र आलोचना हुने भयले विपक्षी दलहरू गृहमन्त्रीलाई बोल्न दिएपनि त्यसपछि राजीनामालाई नै बटमलाइन बनाएर अवरोध जारी राख्ने योजनामा रहेको बुझिएको छ।

बालुवाटार स्रोतका अनुसार हिजो बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रतिपक्षी दलका नेता प्रचण्ड आफ्नो अडानबाट पछि नहटेपछि ओली-देउवाले पनि गृहमन्त्रीको राजीनामाको बारेमा सोच्न सक्ने बताएका बुझिएको छ। सोही छलफलमा गृहमन्त्रीलाई बोल्न दिने र त्यसपछि राजीनामाको विकल्पमा सोच्न सक्ने विषयमा छलफल भएको बुझिएको छ।

सभामुखसँगको छलफलपछि विपक्षी दलहरू आगामी रणनीति बनाउन छलफलमा जुटेका छन्।

प्रकाशित मिति: : 2025-06-03 13:49:00

प्रतिकृया दिनुहोस्