रमेश लेखकको बचाउमा सत्तापक्ष, संसद बैठक भोलिलाई सर्‍यो

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गरेपछि आज संसद बैठक स्थगित भएको थियो।

सभामुखले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका थिए। उनले संसदको अवरोध हटाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, बैठकमा सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नै अडानले बैठक निष्कर्षमा पुग्न सकेन।

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2025-05-27 16:15:00

प्रतिकृया दिनुहोस्