आधा घण्टाका लागि स्थगित बैठक साढे २ बजे बस्ने तयारी

प्रतिनिधि सभाको बैठक साढे २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा अवरोध गरेपछि सभामुखले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका थिए।

३० मिनेटका लागि स्थगित बैठक हालसम्म पनि सञ्चालन हुन सकेको छैन। पुनः बस्ने तयारीमा रहेको बैठक साढे २ बजेका लागि तोकिएको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

सभामुख देवराज घिमिरेले कार्यकक्षमा प्रमुख सचेतकहरूसँग संसद् बैठक सुरु गर्नेबारे छलफल गरिरहेका छन्।

प्रकाशित मिति: : 2025-05-27 14:28:00

प्रतिकृया दिनुहोस्